• ४ साउन २०८३, सोमबार
  • ३:५५ बिहान

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०३:४८

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित तिर्थ मानन्धरको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने  मकवानपुर थाहा नगरपालिका-४ का ३२ वर्षीय राम बहादुर बलामी समेत ४ जनालाई नगद १६ हजार २ सय १५ रुपैयाँ र ११ बुक तास सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धना गरिरहेको छ ।

प्रतिकृया