• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

अमेरिका महिला फुटबल टिमले ,एउटै खेलमा १३ गोल हान्यो

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार १०:३०

अमेरिका महिला फुटबल टिमले विश्वकप इतिहासकै सबैभन्दा एक पक्षीय खेलको नतिजा निकालेको छ ।

फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत अमेरिकाले थाइल्याण्डलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

Kamana Sewa

अमेरिकाका लागि एलेक्स मोर्गनले ५, रोज लावेली र सामन्था मेविसले दुई दुई तथा लिन्डसी होरन, मेगन रापिनोइ, मालोरी पुग्घ र कार्ली लोयडले एक एक गोल गरेका थिए ।

Classic Tech Desktop

समूह एफ मा रहेको अमेरिकाले मंगलबार राति भएको खेलमा थाइल्याण्डलाई १३–० ले पराजित गरेको हो ।

मोर्गनले १२, ५३, ७४, ८१ र ८७ औं मिनेटमा गरी पाँच गोल गरिन् । यस्तै, रोजले २० र ५६ औं तथा सामन्थाले ५० र ५४ औं मिनेटमा गोल गरेका हुन् ।

यसैगरी, होरनले ३२ औं, रापिनोइले ७९ औं, मालोरीले ८४ औं तथा लोयडले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए ।

स्वीडेनका लागि कोसोभारे अस्लानी र म्याडिलिन जानोगीले एक एक गोल गरे ।समूह एफकै अर्काे खेलमा स्वीडेनले चिलिलाई २–० ले पराजित गरेको छ ।

प्रतिकृया