• ४ साउन २०८३, सोमबार
  • १:५७ बिहान

विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात, रोहितले बनाए शतक

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार १०:०१

गौरब ।
भारतले इंग्ल्याण्डमा संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

Kamana Sewa

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे ।

Classic Tech Desktop

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न भारतका युजभेन्द्र चाहलले ४ विकेट हात पारे ।

दक्षिण अफ्रीकाले दिएको २२८ रनको मध्यम लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

भारतको जितमा रोहित शर्माले शतकीय इनिङ्स खेले । अविजित रहेका रोहितले १४४ बलमा १३ चौका र २ छक्कासहित १२२ रनको योगदान गरे । यस्तै महेन्द्र सिंह धोनीले ३४ रन जोड्दा लोकेश राहुलले २६ रन बनाए ।

कप्तान विराट कोहली १८ रनमा आउट हुँदा शिखर धवन ८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्डयले अविजित १५ रन बनाए । दक्षिण अफ्रीकाका कागीसो राबडाले २ विकेट लिए ।

प्रतिकृया