• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

फिफा मैत्रीपूर्ण फुटबलमा आज नेपाल र चाइनिज ताइपेई भिड्दै

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०९:५८

 

गौरब निरौला, काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आज चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । मलेसिया र चाइनीज ताइपेईसँग मैत्रीपूर्ण फुटबल खेल्न गएको नेपाली टोली मंगलबार चीन पुगेको थियो ।

Kamana Sewa

मलेसियामा २–० ले पराजित भएको नेपाल आज चाइनिज ताइपेईसँग जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रने जनाएको छ । नेपाली टिमका प्रशिक्षक जोन कालिनले बलियो टिमसँगको भिडन्त आफ्ना लागि ठूलो परीक्षा रहेको बताए । अहिले नेपाली टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेकाले यो खेलले अनुभव लिन ठूलो मौका हुने पनि बताए ।

Classic Tech Desktop

नेपाली टिमका सदस्यहरुलाई चोटले सताएको भन्दै फरक फरक खेलाडीलाई परीक्षण गर्नु पर्ने बाध्यता पनि रहेको सुनाए । आफ्नालागि विश्वकप क्वालीफायर ठूलो चुनौती रहेकाले त्यसकालागि टिम तयार गर्ने गरि रणनीति बनाइरहेको पनि जानकारी दिए । नेपाल र चाइनीज ताइपेईबीचको खेल आज अपरान्ह नेपाली समय अनुसार ४:४५ मा शुरु हुने छ ।

प्रतिकृया