• ४ साउन २०८३, सोमबार
  • १:५७ बिहान

विश्वकपको उपाधि दावेदार भारत आज पहिलो खेल दक्षिण अफ्रिकाबिरुद्ध खेल्दै

प्रकाशित मिति

२०७६ जेष्ठ २२ गते, बुधबार १०:४७

गौरब । उपाधिको प्रमुख दावेदारको रुपमा इंग्ल्याण्ड पुगेको विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले आईसीसी एकदिवशीय विश्वकपको आफ्नो पहिलो खेल दक्षिण अफ्रिकाबिरुद्ध आज खेल्दैछ । खेल नेपाली समय अनुसार ३ : १५ मा हुनेछ ।

भारतको यो पहिलो खेल भए पनि दक्षिण अफ्रिकाले यसअघि २ खेल खेलिसकेको छ । पहिलो खेलमा घरेलु टोली इंग्ल्याण्डसँग १०४ रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको थियो ।

Kamana Sewa

इतिहासको नतिजालाई हेरेर दक्षिण अफ्रिकालाई चाकेर्सको उपमा दिने गरिएको छ । एक से एक स्टार खेलाडीले भरिएको उपाधि दावेदार भएर पनि उसले अहिलेसम्म विश्वकप ट्रफी चुम्न सकेको छैन ।

Classic Tech Desktop

प्रतियोगिता सुरु भइसकेपछि दक्षिण अफ्रिकाका मुख्य बलर डेल स्टेन चोटका कारण बाहिरिएका छन् । लुंगी एनगिदी पनि १० दिनका लागि बाहिर रहेका छन् ।

साउथह्याम्प्टनमा हुने खेलका लागि भारतीय टोलीलाई यो खुसीको खवर हो । किनभने न्युजिलयाण्डबिरुद्धको अभ्यास खेलमा भारतीय ब्याट्सम्यान फाष्ट बलरसामू निरिह बनेका थिए ।

भारतका लागि सुरुआती तीन ब्याट्सम्यानकै प्रदर्शन पूरा टिमको प्रदर्शनको आकार कोर्नेछ । शिखर धवन र रोहित शर्माले भारतको ओपनिङ गर्नेछन् । तेस्रो नम्बरमा कप्तान विराट कोहली हुनेछन् ।

बलिङमा जसप्रित बुम्राह र भूवनेश्वर कुमारले फाष्ट बलिङ जिम्मेबारी लिन सक्नेछन् । तेस्रो फाष्ट बलरका रुपमा अलराउण्डर हार्दिक पण्ड्या पनि बिकल्प हुनेछन् । स्पिनमा कुलदीप यादव, युजवेन्द्र चहल र रविन्द्र जडेजा हुनेछन् ।

दक्षिण अफ्रिकाका मुख्य समस्या ब्याटिङमा हो । कप्तान फाफ डु प्लेसिसले लगातार दोस्रो हारपछि यही भनेका थिए । क्वीन्टन डी कक र प्लेसिसले मात्रै अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेका छन् ।

प्रतिकृया