नम्रता श्रेष्ठ अभिनित ‘जाइरा’ को अफिसियल टीजर सार्वजनिक
प्रकाशित मिति
२०७६ जेष्ठ २३ गते, बिहीबार ०९:४९
गौरब । यहि भदौ ६ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।
बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको टीजर सार्वजनिक गरिएको हो । टीजरमा अभिनेत्री नम्रता मात्र फिचर्ड छिन् । उनलाई भिन्न लुक्समा देख्न सकिन्छ ।

अभिनेत्री नम्रताले फिल्म एउटा मार्सल आर्टिस्टको बदलाको कथामा बनेको बताइन् । उनी भन्छिन्, ’शारिरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल पनि काटेकी थिएँ । हामीले एउटा राम्रो महिला प्रधान एक्शन फिल्म बनाउने प्रयास गरेका छौँ ।’ निर्देशक श्रेष्ठले दर्शकलाई निराश बनाउन हुँदैन भन्ने मान्यतका साथ आफूले फिल्म बनाएको बताए ।

पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ ।




प्रतिकृया