भक्तपुर ख्वप कलेजमा समुदाय—प्रहरी साझेदारी कार्यक्रम
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार ०९:१०
समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ख्वप ईन्जिनियरिङ कलेज भक्तपुरमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल प्रहरीको संचार प्रणाली सम्बन्धि जानकारी दिइएको छ ।
प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा आयोजित कार्यक्रम बीच सो कलेजका प्राध्यापक र स्नातक तह आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई जानकारी दिइएको हो।

कार्यक्रममा संचार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिव सुब्बाले नागरिक बिना बर्दीका प्रहरी र प्रहरी बर्दीका नागरिक भएको बताए । उनले नेपाल प्रहरीले संचालन गरिरहेको समुदाय—प्रहरी साझेदारी कार्यक्रम मार्फत सुरक्षित एवं अपराधरहित समाज निर्माणको लागि यस्ता कार्यक्रमहरुले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा सहभागिहरुलाई सो निर्देशनालयका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर धिताल र प्रहरी निरीक्षक जय शंकर शर्माले प्रविधिको अवलोकन गराउनुका साथै प्राध्यापक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा सुरक्षा व्यवस्था, अपराध रोकथाम, नियन्त्रण तथा प्रविधिमैत्री एवं प्रमाणमुखी सफल अनुसन्धान सम्बन्धमा जानकारी दिइएको थियो ।
साथै विपद उद्धार र व्यवस्थापन लगायतका कार्यका लागि नेपाल प्रहरीले प्रयोग गर्दै आईरहेका विभिन्न प्रविधिहरु मध्ये संचार प्रणालिको भूमिकाको सम्बन्धमा र अन्य विविध कुरामा जानकारी दिइएको थियो।
उक्त कार्यक्रममा सो कलेजका प्राध्यापक लगायत २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।




प्रतिकृया