• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

सुर्ती सेवनबाट नेपालमा प्रत्येक वर्ष २५ हजारको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०९:१४

काठमाडौं । सुर्ती सेवनबाट नेपालमा बर्से्नि २५ हजार मानिसको मृत्यु हुने गरेको छ ।
समाचारमा लेखिएको छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख डा. विकास देवकोटाले सुर्ती सेवनको असर डरलाग्दो बनिरहेको बताए ।

मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस एवं स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण कार्यक्रममा डा. देवकोटाले यसलाई नियन्त्रण गर्न सबै जिम्मेवार हुनुपर्ने बताए ।

Kamana Sewa

डा. देवकोटाले प्रत्येक वर्ष २५ हजार नेपालीले सुर्ती सेवनकै कारण ज्यान गुमाउनुपरेको बताए ।

Classic Tech Desktop

त्यस क्रममा उनले सुर्ती सेवनका कारण विश्वमा प्रत्येक पाँच सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको जानकारी दिए ।

सुर्ती सेवनबाट प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको पनि उनले बताए ।
यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।

प्रतिकृया