• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

कसरी हटाउने जाम ?

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०९:०२

काठमाडौं । ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के त रु सुरुङमार्ग, अन्डरपास वा फ्लाई ओभर ।

विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६र७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने-कोटेश्वर-जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण थालिने जनाएका छन् ।

Kamana Sewa

यी तीन खण्डमध्ये तीनकुने-कोटेश्वर-जडीबुटी सुरुङमार्ग निर्माणका लागि जापानी विज्ञले अध्ययन थालिसकेका छन् ।

Classic Tech Desktop

‘तीनकुने-कोटेश्वर-जडीबुटी सुरुङमार्गका सम्बन्धमा जापानी विज्ञले अध्ययन गरिरहेका छन्,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘कति इस्टमेट लाग्ने हो भनेर लागत अनुमानमा पुगिसकेका छैनौं ।’यो समाचार आजको कान्तिपुरले छापेको छ ।

प्रतिकृया