• ४ साउन २०८३, सोमबार
  • ४:५४ बिहान

आईपीओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफको जीवन बीमा कोषमा १३०% को वृद्धि

प्रकाशित मिति

२०७७ माघ २५ गते, आईतवार ०५:५७

काठमाडौं: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ व २०७७/०७८ को दोश्रो त्रैमासिक सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सोमा १३०% ले वृद्धि गरेको छ।

गत आ.व. को पुस मसान्तमा कम्पनीको जीवन बीमा कोष रु.१ अर्व ४ करोड ४० लाख रहेकोमा यस पुस मसान्तमा सो रकम २ अर्व ३९ करोड ८१ लाख पुगेको छ । यसका साथै कम्पनीले गत आ.व.को पुस मसान्तसम्ममा कुल बीमाशुल्क रु.८० करोड ८८ लाख संकलन गरेकोमा यस आ.व.को सोही अवधिमा रु.१ अर्व ४० करोड २१ लाख संकलन गर्न सफल भएको छ। यसरी हेर्दा बीमाशुल्क आर्जन ७३% प्रतिशतले बढेको देखिन्छ।

Kamana Sewa

समीक्षा अवधिमा जीवन बीमाकोषमा १३०% को वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७३% ले बढाएर ७२ करोड ८० लाखको उचाई चुमाएको छ। साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको वृद्धि गरी रु.१५ करोड ४ लाख पु¥याएको छ।

Classic Tech Desktop

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु.४ अर्व ९६ करोड मध्ये करिब ८३% रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ।

यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ।

विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिकृया