• ४ साउन २०८३, सोमबार
  • ४:५६ बिहान

बैङ्कद्वारा १० लाख नगदसहित सम्मान

प्रकाशित मिति

२०७७ माघ २५ गते, आईतवार ०६:०५

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडले विश्वको दोस्रो उच्च हिमाल केटूको सफल आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ।

निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल केटूको सफल आरोहण गरेको थियो। ‘क्रुरता हिमाल’ उपनाम दिइएको माउन्ट केटूको आरोहणलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा लगभग असम्भव मानिन्छ।

Kamana Sewa

नेपाली आरोहीहरूले त्यो उपलब्धी यही माघ ३ गते ५ बजे हासिल गरेर स्वदेश फर्किएका छन्।

Classic Tech Desktop

सो टोलीलाई बैङ्कका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० लाखको चेक प्रदान गरेको छ। बैङ्कले नेपाललाई गौरवान्वित तुल्याएकोमा टोलीलाई धन्यवाद दिएको छ।

प्रतिकृया