• २१ जेठ २०८३, बिहीबार
  • ५:४१ बिहान

डुबेर दूधे बालिकाको मृत्यु

प्रकाशित मिति

२०७६ माघ ३ गते, शुक्रबार ०३:३१

जलेश्वर, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी १ वर्षीया आकृति साह रहेकी छिन् ।

आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटामा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया