सरकार पूर्वाग्रहको पोको भएको ओलीको आरोप, सम्पत्ति छानबिन आयोग अस्वीकार गर्ने चेतावनी
प्रकाशित मिति
२०८३ जेष्ठ २० गते, बुधबार ०१:३५
२० जेठ २०८३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहपूर्ण ढंगले अघि बढिरहेको आरोप लगाएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले नयाँ र सेनाको सम्पत्तिबारे छानबिन नगरी केवल आफू र पुराना राजनीतिक दलका नेताहरूलाई मात्र लक्षित गर्न खोजेको दाबी गरे।
ओलीले सम्पत्ति छानबिन आयोग बनाएर राज्यले “छानेर फसाउने” प्रयास गरेको भन्दै यस्ता आयोगलाई आफूले स्वीकार नगर्ने बताए। उनले आफूले कुनै पनि बयान नदिने र सम्पत्ति विवरण पनि नबुझाउने चेतावनी दिए।

“अरुले बयान दिए पनि मचाहिँ बयान दिन्नँ, सम्पत्ति विवरण भरेर पठाउँदिनँ, जे गर्न सक्छ गरोस्,” उनले भने। उनले वर्तमान अवस्थालाई “राज्य होइन, पूर्वाग्रहको पोको” को संज्ञा पनि दिए। ओलीले सरकारलाई प्रतिशोधको राजनीति छोडेर संवैधानिक ढंगले अघि बढ्न सुझाव दिएका छन्।





प्रतिकृया