महानगर यातायातले थप १२ वटा विद्युतीय बस सञ्चालनमा ल्यायो
प्रकाशित मिति
२०८३ जेष्ठ २० गते, बुधबार ०१:२५
२० जेठ २०८३ काठमाडौं – महानगर यातायातले सार्वजनिक यातायात सेवामा थप १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सञ्चालनमा ल्याइएका यी बसहरू ३३ सिट क्षमताका छन्।

उभिएर यात्रा गर्ने यात्रुसहित एकैपटक करिब ७० जनासम्म यात्रु बोक्न सक्ने कम्पनीले जनाएको छ। चीनबाट शशिला मोटर्स प्रालिमार्फत आयात गरिएका बसहरूमा १४४ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्नेछन्। प्रत्येक बसको मूल्य करिब १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ।
यसअघि पनि महानगर यातायातले गत वर्ष १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याइसकेको थियो। नयाँ बस सञ्चालन शुभारम्भ कार्यक्रममा कम्पनीका सचिव केशव नेपाल ले विद्युतीय सवारी साधन भविष्यको आवश्यकता भएको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तार गर्ने योजना रहेको बताए।








प्रतिकृया