• २० भदौ २०८३, शनिबार
  • ९ः१४ बिहान

गायिका राउतले पोष्ट गरेको भिडियोमा प्रहरी प्रवक्ता के भन्नु हुन्छ ?

प्रकाशित मिति

२०७६ माघ ३ गते, शुक्रबार ०३:१६

काठमाडौं, गायिका आस्था राउतले त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै गाली गर्दै भिडियो सार्वजनिक गरेपछि सो भिडियोमा प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले अनुसन्धान सुरु भएको बताएका छन् । उनले भने, ‘अरुलाई अनुशासन सिकाउने गायिकाको आफ्नै शब्द आपत्तिजनक छन् । केहीदिनभित्रै घटनाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं ।’

National Life

सोही भिडियोको बारेमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनाबारे जानकारी लिने काम सुरु गरिसकेको बताउदै, ‘प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन । कस्को प्लेन छुट्छ, त्यो हाम्रो चासो होइन । सुरक्षा चासोमा हामी गम्भीर हुन्छौँ । प्रहरीले कमजोरी गरेको भए उजुरी गर्ने, कानुनी उपचार किन नखोजेको ? मनलाग्दी बोल्न कसैले पाइँदैन ।’

प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै गाली गर्दै भिडियो सार्वजनिक गरेपछि गायिका राउत विवादमा तानिएकी छन् । राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् ।

Classic Tech Desktop

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको आस्थाको आरोप छ । भिडियोमा उनले प्रहरीले आफूलाई चेकजाँचका क्रममा ‘तँ’ भनेको आरोप लगाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फुलिस’ जस्ता शब्द प्रयोग गरेकी छन् ।

राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । भद्रपुरमा ओर्लिएपछि राउतले जिपमा गुड्दै गर्दा भिडियो लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । उनले भिडियोमा प्रहरी हाम्रो साथी भन्ने स्लोगन हटाउन पनि भनेकी छन् ।

प्रतिकृया