• २० भदौ २०८३, शनिबार
  • ९ः५५ राती

प्याब्सन भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७६ माघ ३ गते, शुक्रबार ०१:३४

ज्ञान नपाए गोर्खा जानु, शिक्षा नपाए भक्तपुर आउनु : सांसद बस्नेत

National Life

भक्तपुर, निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

विहिबार संस्थाको हलमा भएको कार्यक्रममा पुर्व उद्योगमन्त्री तथा संघीय सांसद महेश बस्नेतले भक्तपुर अब शिक्षाको अन्तराष्ट्रिय हबको रुपमा विकाश हुनुपर्ने बताउँदै भन्नुभयो, ‘ज्ञान नपाए गोर्खा जानु, शिक्षा नपाए भक्तपुर आउनु ।’ कार्यक्रममा उहाँले प्याब्सनले भक्तपुरको शैक्षिक क्षेत्रको मुहार फेर्ना ठुलो योगदान पुर्याएको बताउनुभयो । उहाँले निजी शैक्षिक संस्थाहरुले नेपालको शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै शिक्षालाई विकाससंग जोडनुपर्ने बताउनुभयो ।

Classic Tech Desktop

बागमती प्रदेशका सांसद शशिजंग थापाले शिक्षा नीतिमा के कुरा हुनुपर्ने भो भनेर प्याब्सनले सुझाव दिनु पर्ने बताउनुभयो । भक्तपुरका चार स्थानीयको शिक्षा नीति एकै नभएकाले समस्या हुने थापाको भनाई थियो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाकार राजकुमार मर्हजन, उपाध्यक्ष दिपिका थापा, कोषाध्यक्ष सन्तोष मणी न्यौपाने, जिल्ला अध्यक्ष चन्द्र अधिकारीलगायतले शिक्षाको विकाशमा सबै क्षेत्र एक हुनु पर्ने बताउनुभएको छ । उक्त अवसरमा लामो समयदेखि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षकलाई सम्मान गरिएको थियो ।

 

प्रतिकृया