• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति एमालेको आपत्ति, राष्ट्रहित विपरीत भएको टिप्पणी

प्रकाशित मिति

२०८३ जेष्ठ १८ गते, सोमबार ०२:१०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको विषयलाई एमालेले राष्ट्रहित विपरीत भएको भन्दै आपत्ति जनाएको हो।

महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उक्त अभिव्यक्तिले नेपालको स्थापित कूटनीतिक अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गरिएको छ।

Kamana Sewa

एमालेले यस्तो अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दै यसले देशको हितमा गम्भीर असर पार्ने जनाएको छ।

Classic Tech Desktop

त्यसैगरी, सीमा विवाद समाधानका क्रममा ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु असान्दर्भिक र कूटनीतिक रूपमा अपरिपक्व रहेको एमालेको टिप्पणी छ।

प्रतिकृया