• १६ असोज २०८३, शुक्रबार
  • ८ः४० राती

२४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम

प्रकाशित मिति

२०८३ जेष्ठ १८ गते, सोमबार ०३:०९

१८ जेठ २०८३ काठमाडौं –  नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिको तथ्य सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ। सोमबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिबारे स्पष्ट जानकारी दिन माग गरेका हुन्।

National Life

‘हिजो प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर नेपालले भारतको केही जग्गा मिचेको बताउनुभयो,’ सांसद कर्णले भने, ‘२४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्गा मिचेको छ भन्ने जानकारी गराउनुपर्छ।’

कांग्रेसले प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि गर्न नसके जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने पनि जनाएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विवाद चर्किएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, सांसद कर्णले प्रधानमन्त्री शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न समेत माग गरेका छन्।

प्रतिकृया