• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार ११:३१

२० जेठ २०८३ काठमाडौं – हर्क साम्पाङ का निकटस्थ मानिएका निनाचन्द्र राई ले श्रम संस्कृति पार्टी परित्याग गरेका छन्। राईले पत्रकार सम्मेलनमार्फत पार्टी छोडेको घोषणा गर्दै आफूसहित १०० भन्दा बढी सदस्यले पनि पार्टी परित्याग गरेको दाबी गरेका छन्।

धरानमा हर्क साम्पाङलाई मेयर बनाउन सञ्चालन गरिएको अभियानमा आफूले सक्रिय भूमिका खेलेको उल्लेख गर्दै राईले आफूलाई भावी मेयर बनाउने आश्वासन दिइए पनि पछि धोका दिइएको आरोप लगाए।

Kamana Sewa

यसअघि हर्क साम्पाङले धरानको भावी मेयरका रूपमा धनबहादुर राई को नाम सार्वजनिक गरिसकेका छन्। धनबहादुर राईले २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा विजय हासिल गरेका थिए।

Classic Tech Desktop

निनाचन्द्र राईको पार्टी परित्यागसँगै श्रम संस्कृति पार्टीभित्रको आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा देखिएको छ।

प्रतिकृया