• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

लुम्बिनीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार १२:००

२० जेठ २०८३ बुटवल – लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेबाट सरकारमा रहेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी ले लिखित राजीनामा बुझाएका हुन्।

लुम्बिनी प्रदेशमा एमालेकै चेतनारायण आचार्य मुख्यमन्त्री रहेका छन्। पार्टीले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

Kamana Sewa

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल ले मन्त्री हेरफेर गर्ने वा नगर्ने विषयमा केन्द्रसँग समन्वय गरी निर्णय लिन प्रदेश नेतृत्वलाई अधिकार प्रत्यायोजन गरिएको बताएका छन्।

Classic Tech Desktop

एमालेभित्र मन्त्रीमण्डल पुनर्गठनको तयारी भइरहेका बेला चार मन्त्रीको सामूहिक राजीनामाले लुम्बिनी प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरण र जिम्मेवारी हेरफेरको संकेत गरेको छ।

प्रतिकृया