• १३ असोज २०८३, मंगलबार
  • ११ः५३ राती

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०९:२३

१९ जेठ २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ।

National Life

कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने तथा तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली र पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना पनि छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ। आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

प्रतिकृया