• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

भेप सुन तस्करी प्रकरण : पूर्वसभामुख महरासँग १ लाख धरौटी माग्ने विशेष अदालतको आदेश

प्रकाशित मिति

२०८३ जेष्ठ १८ गते, सोमबार ०६:२९

१८ जेठ २०८३ काठमाडौं – विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरा सँग विशेष अदालतले १ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरालाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Kamana Sewa

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भेपमार्फत गरिएको सुन तस्करी प्रकरणमा महरासहित भन्सार अधिकृतहरूविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Classic Tech Desktop

उक्त प्रकरणमा अदालतमा मुद्दाको थप सुनुवाइ प्रक्रिया जारी रहनेछ।

प्रतिकृया