• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

देशभर आज मुस्लिम समुदायले मनाउँदै बकर ईद, सरकारले दियो सार्वजनिक बिदा

प्रकाशित मिति

२०८३ जेष्ठ १४ गते, बिहीबार १०:३७

१४ जेठ २०८३ काठमाडौं – मुस्लिम समुदायको महान पर्व बकर ईद (ईद–उल–अजहा) आज देशभर धुमधामका साथ मनाइँदैछ । हरेक वर्ष इस्लाम धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने यस पर्वमा बिहानैदेखि मस्जिद तथा ईदगाहमा सामूहिक नमाज पढ्ने परम्परा रहेको छ ।

नमाजपछि एकअर्कामा शुभकामना आदानप्रदान गर्दै मुस्लिम समुदायले हर्षोल्लासका साथ पर्व मनाउने गरेका छन् । त्यस्तै, बकर ईदलाई त्याग, समर्पण र मानव सेवाको प्रतीक पर्वका रूपमा पनि लिने गरिन्छ ।

Kamana Sewa

यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । बिदाका कारण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था तथा शेयर बजार समेत बन्द रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया