• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

स्वास्थ्य बीमा बोर्डद्वारा २१८ स्वास्थ्य संस्थालाई १ अर्बभन्दा बढी भुक्तानी

प्रकाशित मिति

२०८३ जेष्ठ १४ गते, बिहीबार १०:४५

१४ जेठ २०८३ काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका २१८ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरेको छ । बोर्डका अनुसार जेठ १२ गतेको निर्णयअनुसार स्वीकृत रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो ।

स्वास्थ्य बीमा बोर्डका उपसचिव तथा लेखा प्रमुख पुष्पप्रसाद गुरागाईंले हालका लागि स्वीकृत भएको रकम भुक्तानी गरिएको जानकारी दिएका छन् ।

Kamana Sewa

बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले लामो समयदेखि भुक्तानीको माग गर्दै आएका बेला बोर्डले रकम निकासा गरेको हो ।

Classic Tech Desktop

प्रतिकृया