• ६ असोज २०८३, मंगलबार
  • १ः१० दिउँसो

लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार १२:१५

२० जेठ २०८३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।काठमाडौंमा आजदेखि सुरु भएको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’को उद्घाटन समारोहमा सहभागी हुँदै ओली सार्वजनिक रूपमा उपस्थित भएका हुन्।

National Life

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि ओली सार्वजनिक कार्यक्रमहरूबाट टाढा रहेका थिए। त्यसपछि पक्राउ परेका उनी स्वास्थ्य समस्याका कारण शल्यक्रिया गर्न बाध्य भएका थिए। सोही अवधिमा उनका बुबाको निधन भएपछि पनि उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।

लामो अन्तरालपछि कार्यशालाको उद्घाटनमार्फत ओलीको सार्वजनिक उपस्थितिलाई एमाले वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। दुईदिने कार्यशालामा पार्टी सदस्यता नवीकरण, विस्तार तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने एमालेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया