• १९ असार २०८३, शुक्रबार
  • १२:१० बिहान

सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ०१:१८

११ बैशाख २०८३ काठमाडौं – नारायण परिश्रमी लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार परिश्रमीलाई नियन्त्रणमा लिइएको हो र उनीमाथि यसअघि पनि शंकास्पद गतिविधिमा संलग्न भएको आरोप रहेको छ। एसपी भट्टराईका अनुसार, “हामीले उनलाई नियन्त्रणमा लिएका छौँ, पहिला पनि उहाँको भूमिका शंकास्पद देखिएको थियो।”

Kamana Sewa

प्रहरीको दाबीअनुसार, संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा का कार्यवाहक अध्यक्ष परिश्रमी आफैं भने सुकुम्वासी नरहेको खुलेको छ। यसअघि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने प्रयास गर्दा उनले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको आरोप पनि लागेको थियो। त्यस घटनामा समेत उनलाई प्रहरीले पक्राउ गरेको थियो।

Classic Tech Desktop

प्रहरीले पछिल्ला गतिविधि र पुराना घटनालाई आधार मानेर यसपटक पुनः नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिकृया