किन भयो १७ चिकित्सकको दर्ता खारेज ?
प्रकाशित मिति
२०८३ बैशाख ११ गते, शुक्रबार ०१:०७
११ बैशाख २०८३ काठमाडौं – नेपाल मेडिकल काउन्सिल ले १७ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ। नेपाली नागरिकता परित्याग गरी विभिन्न देशको नागरिकता र राहदानी लिएको पुष्टि भएपछि उनीहरूको दर्ता खारेज गरिएको हो।
काउन्सिलले शुक्रबार सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम दर्ता खारेज गर्ने निर्णय गरिएको जनाएको छ। यो निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै लागू भएको छ।

काउन्सिलका अनुसार ती चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ।

दर्ता खारेज भएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोती गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिव हमाल, डा. सलुजा सिंह थारू, डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजा रहेका छन्।
काउन्सिलले नेपाली नागरिकका रूपमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि उनीहरूको पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।





प्रतिकृया