• १९ असार २०८३, शुक्रबार
  • १:२२ बिहान

बजारमा दबाब कायम, नेप्सेमा सामान्य वृद्धि

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ०३:१६

११ बैशाख २०८३ काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.५४ अंकले बढ्दै २७८८.७० बिन्दुमा पुगेको छ। सामान्य अंकको वृद्धि भए पनि बजारमा कारोबार रकम भने उल्लेख्य देखिएको छ।

आज ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। उपसूचकतर्फ मिश्रित अवस्था देखिएको छ। ६ वटा उपसूचक बढ्दा ७ वटा उपसूचक घटेका छन्।

Kamana Sewa

आजको कारोबारमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ। यस्तै, १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया