• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

नेप्सेमा सामान्य सुधार, कारोबार ५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार ०३:१७

२० जेठ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा पुगेको छ। आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

कारोबारका क्रममा १३ उपसूचकमध्ये ७ उपसूचकमा वृद्धि भएको छ भने ६ उपसूचक घटेका छन्।

Kamana Sewa

यस दिन १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११६ कम्पनीको शेयर मूल्य बढेको छ। ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

Classic Tech Desktop

सामान्य अंकको सुधार भए पनि बजारमा मिश्रित प्रवृत्ति देखिएको छ। कारोबार रकम भने ५ अर्ब रुपैयाँ नाघेर लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको छ।

प्रतिकृया