• ५ असोज २०८३, सोमबार
  • १ः५८ दिउँसो

डेढ घण्टे ओलीको सम्बोधन:पार्टीलाई सफलतामा पुर्‍याएर मात्रै विश्राम लिन्छु

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार ०४:३८

२० जेठ २०८३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले आफूले पार्टी नेतृत्व नछोड्ने स्पष्ट सन्देश दिएका छन्। काठमाडौंमा सुरु भएको दुईदिने ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले आफू भर्खरै महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धतिअनुसार नै नेतृत्वबाट बहिर्गमन हुने बताए।

National Life

पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला नेतृत्व छाड्ने आफ्नो योजना नरहेको उल्लेख गर्दै उनले पार्टीलाई सफलतामा पुर्‍याएर मात्रै विश्राम लिने बताएका छन्। “सजिलो अवस्था आयो भने नेतृत्व गर्ने र अप्ठ्यारो आयो भने झोला फ्याँकेर भाग्ने व्यक्ति म होइन,” ओलीले भने।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठाउने र हस्ताक्षर अभियान चलाउने समूहप्रति पनि कटाक्ष गरे। संगठनभित्र बसेर संगठनकै जग खन्ने, एकताको नाममा विभाजन गर्ने र स्वार्थलाई सिद्धान्तभन्दा माथि राख्ने प्रवृत्ति पार्टीका लागि सबैभन्दा खतरनाक हुने उनको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

ओलीले पार्टीभित्र गुटबन्दी, अराजकता र विधिविहीन गतिविधि स्वीकार्य नहुने चेतावनी दिँदै विचार, नीति र संगठनात्मक एकतामार्फत चुनौतीको सामना गर्नुपर्ने बताए।

त्यस्तै उनले पूर्वराष्ट्रपति विद्या भण्डारी को एमाले सदस्यता सम्बन्धी विवाद अनावश्यक भएको टिप्पणी गर्दै राष्ट्रपतिको पदमा रहँदा दलको सदस्यता त्याग्नु संवैधानिक बाध्यता भएको र पदमुक्त भएपछि नयाँ आवेदनमार्फत सदस्यता प्राप्त गर्नु स्वाभाविक प्रक्रिया भएको बताए।

ओलीले एमाले विचारमा स्पष्ट रहेको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र र जनअधिकारको रक्षा गर्न पार्टी पंक्ति अझ एकताबद्ध हुनुपर्नेमा जोड दिए।

प्रतिकृया