परम्परागत पानी घट्ट तथा हतियार बनाउने आरन जिर्ण हुदै
प्रकाशित मिति
२०७६ कार्तिक ४ गते, सोमबार ०५:२०
मातृभूमिन्युज संवाददाता / हेटौंडा
हेटौंडा स्थित राप्ती खोला लालझाडीमा परम्परागत पानी घट्ट तथा हतियार बनाउने आरन अत्यन्त जिर्ण रुपमा चलेका छन् । हेटौंडाको मुख्य बजारबाट दुई किलोमिटरको दुरीमा रहेका यी परम्परागत सभ्यता संरक्षण गरेर भाबी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्ने बिषयमा कसैको पनि ध्यान जान सकेको देखिदैन ।

संसारका विकसित देशमा यस्ता प्राबिधिक कार्यको राज्यको प्रत्यक्ष सहयोगमा बिकास र अविस्कारको गति दिने प्रयास हुन्छ तर नेपालमा यस्ता परंरागत पेसा अबलम्बन गर्नेहरू अपहेलित तथा उपेक्षित बन्न बाध्य छन् ।

पुर्ख्यौली पेशा घट्ट चलाएर पुर्ण बहादुर गोले तथा परंरागत हतियार बनाउने आरन चलाएर हस्त बहादुर बिकले आफ्नो परिवारको दैनिक आबश्यकता पूरा गर्ने तथा गाँसबासको जोहो गर्दै आउनुभएको छ ।
परम्परागत हतियारको प्रयोग गरेर वीर नेपाली भनेर चिनिनुमा तिनै आरनमा बनाएको हाम्रो मौलिक हतियारले ठुलो मद्दत पुर्याएको छ भने स्वास्थ र स्वादिलो खानाको निमित्त घट्टमा पिसेको पिठो झनै महत्त्वपूर्ण छ । यस्तो पेशामा संलग्नलाई राज्यले प्रोत्साहन र हौसला प्रदान गर्न जरुरी छ ।




प्रतिकृया