• २१ जेठ २०८३, बिहीबार
  • ५:३७ बिहान

मोटरसाइकलको ठुलो आवाज गरेर चलाउनेलाई कारबाही

प्रकाशित मिति

२०७६ कार्तिक ४ गते, सोमबार ०४:५६

काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै कारवाही गर्ने भएको हो ।

Kamana Sewa

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा आएका र ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

महाशाखाका अनुसार अहिले दैनिक ४० देखि ५० वटा मोटरसाइकल कारबाहीमा पर्ने गरेका छन् । त्यसरी समातिएका मोटरसाइकलहरुलाई जरिवाना स्वरुप १ हजार रुपैयाँ समेत लिने गरिएको छ ।

प्रतिकृया