• ७ भदौ २०८३, सोमबार
  • ३:३३ बेलुका

दबाबमा शेयर बजार, नेप्से १९ अंकले घट्यो

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०३:१३

८ भदौ २०८३ काठमाडौं – शेयर बजारमा बिक्री दबाब बढ्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१३ अंकले घटेर २ हजार ५९९.५८ बिन्दुमा झरेको छ।

आज ३५० कम्पनीका ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ। १३ वटै उपसूचक घट्दा हाइड्रोपावर समूह सर्वाधिक १.१९ प्रतिशतले ओरालो लागेको छ।

Kamana Sewa

बजारमा नीतिगत अन्योल, लगानीकर्ताको घट्दो मनोबल तथा लगानीको स्रोतसम्बन्धी अनुसन्धानका विषयले समेत दबाब बढाएको देखिएको छ।

Classic Tech Desktop

प्रतिकृया