• ५ साउन २०८३, मंगलबार
  • ३:४३ बेलुका

१६ वर्षपछि स्पेन विश्वविजेता, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै फिफा विश्वकप २०२६ को उपाधि

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार ०९:१३

४ साउन २०८३ काठमाडौं- स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा स्थान बनाएको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकप ट्रफी उचाल्यो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो।

Kamana Sewa

संख्यात्मक अग्रताको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गर्‍यो। फेरान टोरेसले पेनाल्टी क्षेत्रभित्र बाउन्स भएको बललाई बायाँ खुट्टाले शक्तिशाली प्रहार गर्दै क्रसबारमुनिबाट जाली चुमाएपछि स्पेन उपाधिनजिक पुगेको थियो। उक्त गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो।

Classic Tech Desktop

खेलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाएको थियो भने अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो। सन् २०१० पछि पहिलो पटक विश्वकप जित्दै स्पेनले १६ वर्षको प्रतीक्षा अन्त्य गरेको हो।

यस संस्करणमा स्पेनले आठ खेलमा केवल एक गोल मात्र खाएर विश्वकप इतिहासमा च्याम्पियन टोलीले सबैभन्दा कम गोल व्यहोरेको नयाँ कीर्तिमान पनि बनाएको छ।

स्पेनको अपराजित यात्रा पनि निरन्तर जारी छ। टोली अहिले लगातार ३८ खेलमा अपराजित छ, जसमा २९ जित र ९ बराबरी समावेश छन्। यो कुनै पनि युरोपेली राष्ट्रिय टोलीको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो। यसअघि इटालीले ३७ खेलसम्म अपराजित रहने कीर्तिमान बनाएको थियो।

उता, सन् २०२२ को विश्वविजेता अर्जेन्टिना भने लगातार दोस्रो पटक विश्वकप जित्ने अवसरबाट वञ्चित भएको छ। स्पेनसँगको हारसँगै अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना पनि समाप्त भएको छ।

प्रतिकृया