• १४ असोज २०८३, बुधबार
  • १ः१३ राती

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा

प्रकाशित मिति

२०८३ श्रावण ५ गते, मंगलवार १२:५७

५  साउन २०८३ काठमाडौं- दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपाली कामदारको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले नेपाल–कोरिया सरकारबीच भएको समझदारीअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।

National Life

दक्षिण कोरियाले यसपटक ७ हजार २०० जनाको कोटा उपलब्ध गराएको छ। जसअन्तर्गत उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जना कामदार माग गरिएको छ। ईपीएस कोरिया शाखाका अनुसार आवेदन २०२६ जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत दिन सकिनेछ।

आवेदन दिनका लागि आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी समय नबसेको हुनुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ। परीक्षाका लागि आवेदकले २८ अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म वैधता रहनेछ। तर कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस शाखाले स्पष्ट पारेको छ।

प्रतिकृया