• ५ साउन २०८३, मंगलबार
  • ६:३६ बेलुका

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व र जनताप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले

प्रकाशित मिति

२०८३ श्रावण ५ गते, मंगलवार १२:३४

५  साउन २०८३ काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजना सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले सुशासन, पारदर्शिता र जवाफदेहितालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

उनले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै राज्य सञ्चालनमा इमान्दारिता र जवाफदेहितामा कुनै सम्झौता नहुने स्पष्ट पारे। ‘देशमा सुशासनको स्पष्ट सोच अघि बढाइएको छ। प्रधानमन्त्री, मन्त्री र राजनीतिक नेतृत्व सबै नेपाली जनता, आफ्नो दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने।

Kamana Sewa

अर्थमन्त्री वाग्लेले विगतका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै कर्मचारीतन्त्रलाई थप सक्षम, उत्तरदायी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। कार्यक्षमता र सामर्थ्यका आधारमा कर्मचारीलाई प्रोत्साहन (इन्सेन्टिभ) दिने सरकारको योजना रहेको पनि उनले जानकारी दिए।

Classic Tech Desktop

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिँदै उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आफ्नो जिम्मेवारी र नैतिकतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

प्रतिकृया