• ४ असार २०८३, बिहीबार
  • ४:०९ बेलुका

यस्तो छ अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने १४ बुँदे समझदारीमा भएको हस्ताक्षर

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०१:०१

४ असार २०८३ काठमाडौं – अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पजशकियानले हस्ताक्षर गरेसँगै उक्त समझदारी कार्यान्वयनमा आएको जनाइएको छ।

एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक गरिएको विवरणअनुसार यो समझदारीले युद्धविराम, आर्थिक प्रतिबन्ध हटाउने प्रक्रिया, समुद्री मार्ग खुला गर्ने व्यवस्था तथा परमाणु कार्यक्रमसम्बन्धी विषयहरू समेटेको छ।

Kamana Sewa

समझदारीका मुख्य १४ बुँदाहरू

१. सबै मोर्चामा युद्ध अन्त्य
अमेरिका, इरान र उनीहरूका सहयोगीबीच स्थल, हवाई र समुद्री सबै प्रकारका सैन्य कारबाही तत्काल रोक्ने सहमति भएको छ। विशेषगरी लेबनान, सिरिया र आसपासका संवेदनशील क्षेत्रमा भइरहेको तनाव पनि रोक्ने भनिएको छ।

Classic Tech Desktop

२. एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने
दुवै देशले एकअर्काको राजनीतिक प्रणाली, सरकार गठन, सीमा सुरक्षा र आन्तरिक नीतिमा हस्तक्षेप नगर्ने सहमति गरेका छन्।

३. ६० दिनभित्र अन्तिम समझदारी
प्रारम्भिक सम्झौताका आधारमा ६० दिनभित्र विस्तृत र अन्तिम सम्झौता तयार गर्ने लक्ष्य राखिएको छ। आवश्यक परे समयसीमा बढाउन सकिने व्यवस्था पनि छ।

४. समुद्री नाकाबन्दी हटाइने
अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नौसैनिक नियन्त्रण तथा अवरोध क्रमशः हटाउने प्रक्रिया ३० दिनभित्र पूरा गर्ने भनिएको छ।

५. हर्मुज जलडमरूमध्य खुला
हर्मुज जलडमरूमध्य ६० दिनसम्म शुल्करहित र पूर्ण रूपमा सुरक्षित रूपमा सञ्चालन गर्ने सहमति भएको छ।

६. आर्थिक पुनर्निर्माण योजना
इरानको आर्थिक पुनर्निर्माणका लागि करिब ३०० अर्ब अमेरिकी डलर बराबरको योजना अघि बढाइने उल्लेख छ।

७. आर्थिक प्रतिबन्ध हटाइने
अन्तिम सम्झौता भएपछि इरानमाथि लागेका बैंकिङ, तेल व्यापार र लगानीसम्बन्धी प्रतिबन्ध चरणबद्ध रूपमा हटाइनेछ।

८. परमाणु हतियार नबनाउने प्रतिबद्धता
इरानले परमाणु हतियार नबनाउने र युरेनियम संवर्धन अन्तर्राष्ट्रिय निगरानीमा राख्ने प्रतिबद्धता जनाएको छ।

९. वर्तमान अवस्था यथावत राखिने
अन्तिम सम्झौता नहुँदासम्म कुनै पक्षले नयाँ सैन्य दबाब वा कार्यक्रम विस्तार नगर्ने सहमति छ।

१०. तेल तथा निर्यातमा सहुलियत
इरानलाई कच्चा तेल तथा पेट्रोलियम उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सहज बनाइनेछ।

११. रोकिएका सम्पत्ति फुकुवा
विभिन्न देशमा रोकिएका इरानका अर्बौं डलर बराबरका सम्पत्ति चरणबद्ध रूपमा फुकुवा गरिनेछ।

१२. संयुक्त अनुगमन संयन्त्र
सम्झौता कार्यान्वयनको अनुगमन गर्न अमेरिका र इरानको संयुक्त संयन्त्र गठन गरिनेछ।

१३. सबै विषय चरणबद्ध रूपमा अघि बढाइने
पहिले युद्धविराम र आर्थिक सहुलियतका विषय लागू गरी त्यसपछि परमाणु तथा सुरक्षा विषयमा वार्ता अघि बढाइनेछ।

१४. अन्तर्राष्ट्रिय अनुमोदन
अन्तिम सम्झौतालाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट अनुमोदन गराई अन्तर्राष्ट्रिय मान्यता दिने लक्ष्य राखिएको छ।

आधिकारिक पुष्टि अझै बाँकी

यद्यपि सार्वजनिक विवरणमा हस्ताक्षर भएको दाबी गरिएको भए पनि अमेरिका, इरान वा संयुक्त राष्ट्रसंघबाट आधिकारिक रूपमा पुष्टि भने सार्वजनिक भइसकेको छैन।

प्रतिकृया