आज मोदीसँग भेट्दै रवि लामिछाने
प्रकाशित मिति
२०८३ जेष्ठ २० गते, बुधबार ०९:३८
२० जेठ २०८३ काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन्। निर्धारित कार्यक्रमअनुसार बिहान १०:३० बजे हुने भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा समसामयिक राजनीतिक मुद्दाबारे छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि मंगलबार लामिछानेले एस जयशंकर, अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलबीचको संवाद र सहकार्यका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।

भारत भ्रमणका क्रममा लामिछानेलाई भारतीय जनता पार्टीले विशेष स्वागत गरेको थियो। लामिछानेसहितको रास्वपा टोली यही जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Related
Recent News
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
- प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया