निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली
प्रकाशित मिति
२०८३ जेष्ठ २० गते, बुधबार ०९:५२
२० जेठ २०८३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि आज पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्।

एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले आज बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ। कार्यशाला काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्य का अनुसार पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलता बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

कार्यशालामा पार्टीका सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ।
दुईदिने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया तथा संगठन सुदृढीकरणका भावी योजनाबारे छलफल र अभिमुखीकरण गरिने एमालेले जनाएको छ।




प्रतिकृया