• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार १०:५०

२० जेठ २०८३ काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको सम्पत्ति तथा रकमबारे सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

समितिले समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै उनीहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भए कार्यालयमा सूचना दिन अनुरोध गरेको हो।

Kamana Sewa

समितिले जारी गरेको सूचनामा सहकारीका सञ्चालकहरूलाई संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोत–साधनको पहिचान र व्यवस्थापनमा सहयोग गर्न पनि आग्रह गरिएको छ। साथै बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमनसम्बन्धी कार्यमा नियमित रूपमा समितिको सम्पर्कमा रहन भनिएको छ।

Classic Tech Desktop

समितिले सहयोग नगरे कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ। सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि वा अद्यावधिक गर्नुपर्ने विषय भए समितिको कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

प्रतिकृया