• १५ असोज २०८३, बिहीबार
  • ४ः४१ बेलुका

सरकारले कुनै पनि विद्यार्थीलाई शैक्षिक अधिकारबाट वञ्चित हुन नदिने : मन्त्री पोखरेल

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०१:०८

४ असार २०८३ काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले एक जना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित हुन नदिने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

National Life

उनले न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने विषयमा उठेका सुझावबारे स्पष्ट पार्दै विद्यार्थीको अधिकार कुण्ठित हुने गरी कुनै निर्णय नलिइने बताए। संसदमा सांसदहरूले भौगोलिक दूरी, विद्यार्थी संख्या तथा शैक्षिक गुणस्तरका आधारमा विद्यालय गाभ्ने वा तह घटाउने विषय उठाएका थिए। त्यसको जवाफमा मन्त्री पोखरेलले न्यून विद्यार्थी भएकै कारण कुनै पनि विद्यालय गाभिँदा विद्यार्थीको पहुँच र शैक्षिक अधिकार सुरक्षित रहने बताए।

उनले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयहरूको भौतिक अवस्थाबारे विस्तृत सर्वेक्षण गरिने जानकारी दिँदै विद्यार्थी संख्या लगायतका आधारमा अध्ययन प्रतिवेदन तयार गरिने बताए। सोही प्रतिवेदनका आधारमा आगामी बजेट तथा नीति कार्यक्रम तय गरिने उनले स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया