• २८ जेठ २०८३, बिहीबार
  • १:२८ बिहान

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध जारी, परराष्ट्रमन्त्रीको सम्बोधनबीच विरोध

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ०३:४७

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीले अवरोध जारी राखेको छ। सभामुख डोलप्रसाद अर्याल ले परराष्ट्रमन्त्री शिशिर खनाल लाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

सांसदहरूको विरोध जारी रहे पनि परराष्ट्रमन्त्री खनालले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे सदनलाई जानकारी गराइरहेका छन्।

Kamana Sewa

बैठकका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्रीले जवाफ दिने सहमतिप्रति असन्तुष्टि जनाए।

Classic Tech Desktop

“एउटाले गल्ती गर्छ, अर्कोले जवाफ दिने भन्ने हुँदैन,” साम्पाङले बैठकमा भने। प्रधानमन्त्री बालेन शाह ले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतीय भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन्।

संसद्को अवरोध हटाउन परराष्ट्रमन्त्रीले उक्त विषयमा जवाफ दिने सहमति बनेको बताइए पनि श्रम संस्कृति पार्टीले त्यसप्रति असहमति जनाउँदै विरोध जारी राखेको छ।

प्रतिकृया