• २६ भदौ २०८३, शुक्रबार
  • ५ः५७ बिहान

पश्चिमी न्यूनचापीय रेखाको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८३ जेष्ठ २८ गते, बिहीबार ०९:४०

२८ जेठ २०८३ काठमाडौं – नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश क्षेत्रमा बादल लागेको छ भने केही प्रदेशका स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ।

National Life

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा पनि वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

यस्तै आज राति पनि देशभर मौसम बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातबाट हुन सक्ने सम्भावित प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया