• ४ साउन २०८३, सोमबार
  • ५:२९ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०९:०५

३० बैशाख २०८३ काठमाडौं- देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ ।

हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशसहित अन्य हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

Kamana Sewa

यस्तै बाँकी तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना तथा मेघगर्जन/चट्याङ्गको जोखिम रहने चेतावनी दिइएको छ ।

Classic Tech Desktop

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

विभागले खराब मौसमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिकृया