• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

आज प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०९:१३

३० बैशाख २०८३ काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह ले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री शाहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन संसदमा सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल ले यही वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही कार्यक्रममाथि संसदमा भएको छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

Kamana Sewa

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शाहको सम्बोधन मुख्य आकर्षणका रूपमा रहनेछ । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पुष्पकमल दाहाल, रामबहादुर थापा, हर्क साङपाङ तथा ज्ञानेन्द्र शाही लगायत नेताहरूले आफ्ना धारणा राखेका थिए । उनीहरूले उठाएका विषयमा प्रधानमन्त्रीले आज जवाफ दिनेछन् ।

Classic Tech Desktop

यसपटक नीति तथा कार्यक्रममाथि सीमित प्रश्न उठेकाले प्रधानमन्त्रीको सम्बोधन लामो नहुने अनुमान गरिएको छ । यद्यपि प्रधानमन्त्री शाहले संसदमा कस्तो शैली र विषयवस्तुसहित प्रस्तुत हुन्छन् भन्ने विषयलाई लिएर राजनीतिक वृत्त र सर्वसाधारणमा चासो बढेको छ ।

प्रतिकृया