• ४ साउन २०८३, सोमबार
  • ३:४५ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख २६ गते, शनिबार १०:३९

 २६ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

Kamana Sewa

आज दिउँसो हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

त्यस्तै, आज राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। विभागका अनुसार ती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

प्रतिकृया