• ३१ भदौ २०८३, बुधबार
  • ५ः०९ बेलुका

जेन–जी आन्दोलनमा हराएका २५५ राउण्ड गोली काभ्रेमा फेला

प्रकाशित मिति

२०८३ बैशाख २५ गते, शुक्रबार ०४:५३

२५ बैशाख २०८३ काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा हराएको २५५ राउण्ड गोली काभ्रेमा फेला परेको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित सडक छेउको नालामा बाकसभित्र राखिएको अवस्थामा ती गोली भेटिएको हो।

National Life

फेला परेका गोलीमध्ये २३१ राउण्ड एसएलआर तथा २४ राउण्ड डट–३०३ रहेको प्रहरीले जनाएको छ।

उक्त गोली बरामद गरी इलाका प्रहरी कार्यालय बनेपामा राखिएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया