• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०९:१२

८ चैत,२०८२ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।विभागका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने तराईका भू–भागमा आंशिक बदली देखिएको छ।

कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ। आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। साथै पहाडी तथा हिमाली भू–भागका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

Kamana Sewa

आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

विभागले सम्भावित वर्षा, हिमपात र चट्याङबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया