• १८ असोज २०८३, आइतबार
  • ८ः५९ बिहान

सानिगाड हाइड्रोको आईपीओ खुला

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०९:०५

८ चैत,२०८२ काठमाडौं- सानिगाड हाइड्रो कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन खुला गरेको छ।

National Life

कम्पनीले २८ करोड ५० लाख रुपैयाँबराबरको २८ लाख ५० हजार कित्ता साधारण सेयर (प्रतिसेयर १०० रुपैयाँ) आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको हो। जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता सेयर अति प्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला अन्तर्गत बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दामा बाँडफाँट गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता सेयर बुंगल नगरपालिका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँबराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा चैत २२ गतेसम्म र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म तोकिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंक चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्। साथै बुंगलस्थित पावर हाउस, विरावगरबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रतिकृया