• १८ असोज २०८३, आइतबार
  • ११ः५८ बिहान

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०८:५८

८ चैत,२०८२ काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान ८:३० बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ।

National Life

शुक्रबारदेखि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा सुरु भएको बैठकमा हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ। साथै सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिएको थियो।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले सभापति थापाको राजीनामा स्वीकार गर्न नहुने धारणा राखेका छन्। उनीहरूले निर्वाचनमा भएको हारको मुख्य कारण सभापति नभएको तर्क गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आजको बैठकले पेश गरिएका प्रस्तावहरू पारित गर्ने तयारी गरिएको बताइएको छ।

प्रतिकृया